दीपक गजुरेल

दीपक गजुरेल

सहप्राध्यापक, त्रिभूवन विश्वविद्यालय

प्रजातन्त्र, कानूनको शासन,

नागरिक सुरक्षा, अधिकार, प्रतिष्ठा, जीवन,

हरेक पक्ष …

सिङ्गो मानव जातिको गरीमा (Dignity) धरापमा !

सत्ता, पैसा, राजनीति, अनि अपराधमा प्रविधिको भयङ्कर दूरूपयोग

Science Fiction लेखन, हलिउड तथा भारतीय सिनेमाले प्रस्तुत गर्ने कल्पनामा आधारित कथामा मात्र सिमित छैन प्रविधिको प्रयोग, खास गरी AI (Artificial Intelligence) को प्रयोग । बाहिर देखिने भन्दा डरलाग्दो अनि खतरनाक छ स्थिति ।

सत्ता, राजनीति, पैसाका लागि के सम्म गरिँदैछ भन्ने कुराको एउटा पाटो The Great Hack वृतचित्रले देखाउँछ । र यो कल्पनामा आधारित Science Fiction सिनेमा होइन ।

शक्तिशालीहरूले कसरी, कहाँ, किन, कुन स्तरमा, के गर्दैछन् भन्ने थोरै छनक् मात्र पाउन सकिन्छ । त्यो पनि परिणामबाट गर्न सकिने अनुमान मात्र ! उद्देश्य, प्रक्रिया, लक्षण, पात्र, मात्रा जस्ता पक्षबारे समग्र तस्बीर पत्तो पाउन असंभव छ, ‘विज्ञ’ हरूका लागि समेत । ‘आम’ मानिसका के कुरा !

विश्वका हरेक व्यक्ति, संस्था, निकाय, सरकार, स्थान, अपवादरहित सबै, निगरानीमा छन्, अझ नियन्त्रणमा छन्, भन्ने वास्तविकता Permanent Record पुस्तकले प्रष्ट पार्छ, आधार सहित । कसरी, किन, कहाँ, कसले ? Permanent Record ले अलिकता जवाफ दिन्छ ।

व्यक्ति विशेष समेत कसरी AI को मारमा पर्ने जोखिममा छ भन्ने सानो चित्र SID Hacker नामको भारतीय सिनेमाले देखाएको छ ।

What does Google know about me? भनेर गुगल गर्दा फेला पर्ने करोडौँ लिङ्कले थोरै सङ्केत गर्छन् । यस्ता सामग्री हेर्दै जाँदा कति जनाको त सात्तो जाने होला !

उदाहरणका लागि : https://www.quora.com/What-does-Google-know-about-me?q=what%20does%20google%20know

‘संवेदनशील’ प्रकृतिका काम गर्नेहरू त आफ्नो मोबाइल फोनको क्यामेरा र माइक्रो फोन बाक्लो कालो टेपले छोपेर राख्न थालिसकेका छन् ।

तर, आशाका पक्ष पनि छन् केही,

प्रविधिलाई मानव रक्षा र हितमा समेत प्रयोग गर्न सकिन्छ । त्यो धरापबाट थोरै भए पनि बच्न सकिन्छ ।

गलत / खराबलाई ठेगान लाउन सकिने अनेक बाटा पनि हुने रहेछन् ।

हो, सम्बन्धित मध्ये केही जाग्नु जरूरी छ ।

ICT (सूचना तथा सञ्चार प्रविधि) को Artificial Intelligence अकल्पनीय रूपमा शक्तिशाली हुनसक्छ, ‘जनता’ का हितमा ।

कसरी ?

निम्न भारतीय सिनेमाले दुइटा गज्जबका सूत्र देखाएका छन् ।

  • गब्बर इज ब्याक (Gabbar is Back)
  • तबाही जुल्म की (Tabaahi Zulm Ki)

‘गब्बर’ र ‘सत्या’ को अक्किल, सञ्जाल, हिम्मत, शक्ति, तुरूप !!

यी सिनेमाका हिरोहरूले जस्तै साँच्चै गर्ने कोही आइदिए !!!

 

292 Total Views 3 Views Today

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here