Home Authors Posts by Nepalpolity

Nepalpolity

418 POSTS 2 COMMENTS
A forum for the analysis of Nepal's domestic affairs, Geopolitics, Policy Research, Himalayan Asia affairs and International Relations with special focus on South Asia and China.

नेताहरूले राष्ट्रलाई कमजोर पारे – युवराज घिमिरे

युवराज घिमिरे, वरिष्ठ पत्रकार — यथार्थवादी, भूराजनीतिक आधारमा वरिष्ठ पत्रकार घिमिरेले गर्नु भएको विश्लेषण यो करीब २८ मिनेटको भिडियोमा हेर्न र सुन्न सकिन्छ : • २०६२-६३ को राजनीतिक परिवर्तन पछि नेताहरूले नेपाल राष्ट्रलाई कमजोर पारे । • कूटनीतिक रूपमा हामीलाई यति कमजोर बनाए यिनीहरूले कि विदेशीको निर्देशनमा चल्नु पर्ने स्थिति सृजना गरे । • विगत् एक डेढ दशक यता नेपालको आन्तरिक सार्वभौमसत्ता कमजोर भयो । • भारत, अमेरिका, यूरोपेली यूनियन जस्ताको स्वार्थमा, उनीहरूले अह्राए अनुसार नेपाली नेताहरूले नेपाललाई गणतन्त्र, धर्म निरपेक्षता, संघीयतामा लगे । • राजनीतिक दल र नेताहरूको यो चरित्रलाई 'जति बेला पनि खरिद गर्न सकिने' रूपमा स्थापित गरिदियो उनीहरूकै कार्य शैलीका कारण । • अरू विदेशीले नेपाली नेताहरूलाई किनेर चलाउन सक्छन् भने अब चीनले पनि यिनीहरूलाई सञ्चालन गर्नु पर्छ भनेर चीनका शासक अझ बढी सशक्त रूपमा नेपालको राजनीतिमा प्रवेश गरे । • र, त्यसै अनुसार विदेशी शक्तिहरूले यिनीहरूलाई आफ्नो स्वार्थ अनुरूप प्रयोग गरे । • परिणाम स्वरूप नेपाल विदेशीहरूको खेल मैदान बन्यो । • हाम्रो गौरवपूर्ण इतिहास, हाम्रा पुर्खाले स्थापित गरेको बलियो सार्वभौमसत्ता पुन: स्थापित गरेर मात्र नेपालले आफ्नो प्रतिष्ठा फिर्ता ल्याउन सकिन्छ । • यसका लागि नेताहरूले विगत्‍मा गरेका गल्तिहरू स्वीकार गर्नु जरूरी छ । ती गल्ति सच्याएर अघि बढे मात्र मुलुकलाई सही दिशामा अगाडि बढाउन सकिन्छ ।

सृजनशील छन् रत्नराज्य कलेजका यी विद्यार्थी

बन्दबन्दीको सदुपयोग : सृजनशील छन् रत्नराज्य कलेजका यी विद्यार्थी नेपाल पोलिटीमा कुराकानी सहभागिता : राहुल श्रेष्ठ पूजा पौडेल गिरी निर्मल तिमल्सिना प्रस्तुति : दीपक गजुरेल

जीवन लथालिङ्ग पार्‍यो यो बन्दाबन्दीले

चुना थापा — जीवन लथालिङ्ग पार्योम यो बन्दाबन्दीले । महिलाको काँधमा यति मात्र जिम्मेवारी छैन । बालबच्चाको हेरबिचार देखि घर परिवारका अन्य सदस्यहरू सम्मको हेरचाह गर्नु पर्ने दायित्व हुन्छ महिलाका जिम्मेवारीमा । महिलाहरू धेरै खाले समस्यामा पनि परेका छन् । खुसी सँगै उनीहरूका लागि दुःख पनि सिर्जना भएका छन् । कार्यालय जान नपाउनुले आर्थिक समस्या परेको छ । आय आर्जनमा नकारात्मक असर परेको छ । यसको फलस्वरूप, महिलालाई चिन्ता छ, मनोवैज्ञानिक असर परेको छ ।

राम्रा कुरा पनि सिकायो कोरोनाले : महिलाका अनुभव र भोगाइ

राम्रा कुरा पनि सिकायो कोरोनाले : महिलाका अनुभव र भोगाइ नेपाल पोलिटीमा छलफल सहभागीहरू १. रमा आचार्य, २. कल्पना अधिकारी, ३. चुना थापा, प्रस्तोता पुनम गजुरेल, संयोजक नेपाल पोलिटी च्यानेल तथा www.nepalpolity.com

चीनको नेपाल प्रति व्यवहारलाई असल मित्रताको लक्षण कसरी  मान्ने ?

विन्देश दाहाल — चीनको नेपाल प्रति व्यवहारलाई असल मित्रताको लक्षण कसरी मान्ने ? भारतले लद्दाखमा बाटो बनाउँदा आफूलाई रणनीतिक रूपमा अप्ठ्यारो पार्न खोजेको भनी निहुँ खोज्ने चीनले नेपाली भूमिमा भारतले बाटो बनाउँदा चाहिँ पन्छिन खोज्नु असल मित्रताको लक्षण मान्न सकिन्न । इतिहास हेर्ने हो भने पनि चीनले नेपाललाई सामयिक सहयोग नगरेको देखिन्छ । विशेषगरी बेलायतको ईस्ट इन्डिया कम्पनीले नेपालसँग युद्ध गर्दा चीन सहायता गर्न आएको थिएन । त्यसबेलामा नेपाललाई सहयोग गर्न चीन नआउनु भनेको चरम विश्वासघात र बेत्रावती सन्धिको उल्लंघन समेत थियो ।

भारतले नेपालीलाई नै प्रयोग गरेर नेपाल सिध्याउँदैछ

कमल बहादुर महत — भारतमा ‘आश्रय’ लिएका दलहरूबाट नयाँ दिल्ली र विदेशीहरूको प्रत्यक्ष परोक्ष संलग्नतामा नेपाली राज्यलाई कमजोर बनाउने कार्य शुरू भयो । तत्पश्चात् २०४६ सालको ‘परिवर्तन’, माओवादी ‘आन्दोलन’ र २०६२/०६३ को ‘आन्दोलन’ पछि नेपाली राष्ट्रियताका आधारहरू राजसंस्था, एकात्मक राज्य, हिन्दू राष्ट्र, नेपाली भाषामाथि ठूलै आक्रमण भयो ।

मनोवैज्ञानिक दवावमा छन् महिला : नेपाल पोलिटीमा बहस

मनोवैज्ञानिक दवावमा छन् महिला - नेपाल पोलिटीमा बहस । विविध क्षेत्रमा काम गर्ने महिलाका फरक-फरक छन् समस्या । सामाजिक, आर्थिक, भौतिक तथा मनोवैज्ञानिक पक्षले हर्दा नेपालका शहरी कामकाजी महिलाहरूले के कस्ता समस्या भोग्नु परिराखेको छ ? कोभिड-१९ को विश्वव्यापी सङ्कट रहेको यस बेला यस सन्दर्भमा के छ स्थिति ? यी र यस्तै अन्य गम्भीर विषयमा www.nepalpolity.com र Nepal Polity Youtube Channel ले एउटा 'प्यानेल' बहस सञ्चालन गर्यो । नितान्त भिन्न पृष्ठभूमि, पेशा, र परिवेशका तीन प्रतिनिधिका अनुभव तथा दृष्टिकोण यो भिडियोमा । www.nepalpolity.com र Nepal Polity Youtube च्यानेलका सम्पादक, सहप्राध्यापक दीपक गजुरेल सँग छलफल तथा यथार्थको चिरफार ... छलफलमा सहभागिता : १. सूर्य लक्ष्मी बज्राचार्य, लैङ्गिक विशेषज्ञ २. सुसन कोइराला, गृहिणी ३. कल्पना शाक्य, अधिवक्ता

लद्दाखमा भिडन्त : चीनको लक्ष्य कश्मीर !

विन्देश दाहाल — सामरिक र रणनीतिक दृष्टिकोणले हेर्दा चीनले लद्दाख भएको क्षेत्र कश्मीरमा प्रत्यक्ष चासो दिएको देखिन्छ । अहिलेसम्म कश्मीरको विषय भारत र पाकिस्तानबीचको द्विपक्षीय मामिला भनिरहेकोमा पोहोर साल भारतले अक्साई चीनमा समेत दाबी गरेपछि चीन क्रुद्ध भएर वास्तविक नियन्त्रण रेखाभन्दा अघि बढेको हो । अक्साई चीन आफ्नो भूभाग हो भनी भारतले एकपक्षीय दाबी गर्दा चीनले पनि एकपक्षीय रूपमा वास्तविक नियन्त्रण रेखामा परिवर्तन ल्याइरहेको देखिन्छ । अर्थात् कश्मीरलाई अब उसले त्रिपक्षीय मामिला बनाउन खोजेको जस्तो देखिन्छ ।

Kalapani: Too Much at Stake for Our Political Class

By Maila Baje— As for India’s link road to Mansarovar that kicked up the latest brouhaha, New Delhi was planning to build that right around the time they were forging the 12-Point Agreement between the Maoists and mainstream parties. The Chinese had begun to rethink their traditional support for the Nepali monarchy during their strategic dialogue with the Indians. Beijing would have had less compunction in abjuring its stated recognition of Kalapani et al as disputed territory.

बेरोजगारीको समस्या हल गर्न सजिलो छैन

शम्भुराम जोशी — राजनीतिज्ञहरूको प्रत्यक्ष हस्तक्षेपको विगतको प्रवृति हेर्दा सरकारद्वारा लागू गर्ने भनिएका धेरै कार्यक्रमहरूमा आफ्ना कार्यकर्ताहरू पाल्ने बाटो बाहेक अरू केही हुने छैनन् । भारत जस्ता वाह्य मुलुकका कृषि उत्पादनले निर्वाध रूपमा बजार पाउने तर स्वदेशी उत्पादनले खेतमै कुहिनु पर्ने र कृषकहरू ऋणमा चुर्लुम्म डुब्नु पर्ने अवस्था रहेको यस घडीमा कृषि क्षेत्रले कुन हदसम्म वेरोजगार युवाहरूलाई आकर्षित गर्न सक्ला, त्यो त भविष्यले नै वताउला ।

Sino-India Tensions: Opportunity for Nepal!

A Geopolitical Analysis - by: Deepak Gajurel, Associate Professor, Tribhuvan University and Bindesh Dahal, Geopolitical Analyst

‘चिकेन्स नेक’ : नेपालका लागि ‘तुरूपको एक्का’ हुनसक्छ

विन्देश दाहाल — जनगणतन्त्र चीनको इतिहासमा माओत्से तुङ र देङ श्याओपिङपछिका तेस्रा शक्तिशाली नेता मानिएका सीले देङको लचिलो नीतिलाई क्रमशः त्याग्दै माओकालीन कठोरतालाई अंगीकार गरिरहेको देखिन्छ । भारतले मधेशी कार्ड खेलेर नेपाललाई अप्ठ्यारोमा पार्न खोज्छ भने चीनको समर्थन लिएर गोर्खाल्यान्ड आन्दोलनलाई सहयोग गर्दै भारतको चिकेन्स नेकलाई ङ्याक्ने अवसर पनि नेपालसँग रहन्छ भन्न सकिन्छ ।