षडयन्त्र हो बहुराष्ट्रिय राज्यको बहस

अधिवक्ता अमृत खरेल

बहुराष्ट्रिय राज्यको बहस उठाइएको सन्दर्भमा अधिवक्ता अमृत खरेल यसलाई नेपाल राष्ट्र र नेपाली नागरिक विरूद्धको षडयन्त्र भन्ने ठहर गर्नु हुन्छ ।

www.nepalpolity.com तथा Nepal Polity च्यानेलका प्रधान सम्पादक, त्रिभूवन विश्वविद्यालयका सह-प्राध्यापक राजनीति शास्त्री दीपक गजुरेल सँग भिडियो मार्फत् कुरा गर्दै अन्तर्राष्ट्रिय कानूनका विशेषज्ञ, अधिवक्ता खरेलले यो अन्तर्वार्तामा, अन्य कुराका अतिरिक्त, यसो भन्नु भयो : 

  • नेपाल प्रागऐतिहासिक, वैदिक काल देखि आज पर्यन्त एकीकृत सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो ।
  • हामीले पहिचानको सङ्कट कहिल्यै भोग्नु परेको छैन । र, अहिले पनि कुनै नेपालीले Identity crisis अनुभव गर्नु परेको छैन ।
  • यस्तो अवस्थामा केही राजनीतिज्ञ नेपाल ‘बहुराष्ट्रिय राज्य’ हो भन्ने नारा लगाउँदै छन् ।
  • केही समय यता, खास गरी २०६३ को राजनीतिक परिवर्तन देखि, केही राजनीतिक दल, नेता र केही वुद्धिजीवीहरू अखण्ड नेपाल राष्ट्रलाई जातका आधारमा विभाजन गर्ने दूश्प्रयाश गरिराखेका देखिन्छन् ।
  • विदेशी शक्तिहरूको निर्देशनमा केही ‘नेपाली’ नै छद्म रूपमा नेपाललाई खण्डित गर्ने षडयन्त्र गर्दैछन् ।
  • राष्ट्र विरूद्ध भैराखेको यो गम्भीर चाललाई प्रत्येक नेपालीले बेलैमा बुझ्नु जरूरी छ । र, राष्ट्र विरूद्ध काम गर्नेहरूको पहिचान गरी राष्ट्रका पक्षमा सबै नेपाली उभिन अब ढिला गर्नु हुन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here