Home Blog Page 2
प्रा. डा. विकाशराज सत्याल — ६०० खर्व रूपिञा कमाउन सक्छौँ लोक्ताबाट मात्र, वर्षेनी : तर, सूनको कचौरामा भीख माग्ने बनाइयो नेपाललाई । 'नेपाल हातमा सूनको कचौरा लिएर कनिका माग्न बसेको विचित्रको देश हो' । एक जना चिनियाँ विद्वानले केही समय अघि यसै भनेका थिए । वास्तबमा उनले ठीक भनेका हुन् । हामी सँग सूनको 'कचौरा' मात्र होइन, प्रकृतिले दिएको अथाह सम्पत्ति छ । तर, हामीले त्यो सम्पदा चिन्न समेत सकेका छैनौँ । के हुन् त्यस्ता सम्पत्ति ? हामीले के गर्नु पर्छ ? कसरी ? अनि, उपलब्धि के हुनेछ ? यस्ता गम्भीर प्रश्नको जवाफ प्राध्यापक डा. सत्यालले दिनु भएको छ । www.nepalpolity.com तथा नेपाल पोलिटी यूट्यूब च्यानेलका सम्पादक, त्रिभूवन विश्वविद्यालयका सहप्राध्यापक दीपक गजुरेल सँग कुरा गर्दै प्राध्यापक डा. विकाशराज सत्यालले प्रस्तुत गर्नु भएका तथ्य, तथ्याङ्क, र बिचारका साराँश । यस बारेमा बिस्तृत जानकारीका लागि ३७ मिनेटको भिडियो कुराकानी यहाँ संलग्न गरिएको छ ।
अनलाइन शिक्षा : कक्षा कोठाको सहायक हुनसक्छ, विकल्प होइन विशेषज्ञ छलफल सहभागिता प्रा. प्रदीपकुमार पौड्याल प्रिन्सिपल, एक्मी इञ्जिनियरिङ्ग कलेज प्रा. शम्भु दाहाल प्रिन्सिपल, ह्वाइट हाउस कलेज प्रा. प्रदीपकुमार शाह माइक्रो बायोलोजिष्ट, त्रिभूवन विश्वविद्यालय प्रा. दीपक गजुरेल राजनीति शास्त्री, त्रिभूवन विश्वविद्यालय
दीपक गजुरेल, सहप्राध्यापक, त्रिभूवन विश्वविद्यालय – षडयन्त्रको सिद्धान्त (Conspiracy Theory) ठानेर पन्छाइने गरेका गम्भीर राष्ट्रिय मुद्दाहरू अहिले प्रमाणित गरिदिए हाम्रा प्रधानमन्त्रीले । अब ती विषय षडयन्त्र सिद्धान्त रहेनन्, प्रमाणित तथ्यको रूपमा स्थापित भए । ओलीले सत्य बोलेका हुन् । वास्तबमा हाम्रो राष्ट्रलाई यिनै नेता र दलहरूले विदेशीको दास बनाएका हुन् । यो आरोप होइन प्रमाणित इतिहास हो । विक्रमको २००३, २००७-०८ होस् वा २०४५-४६ अथवा २०५२-२०६३ जहिल्यै पनि हाम्रा राजनीतिक दल र तिनका नेताले विदेशीको स्वार्थ अनुसार नेपाल माथि कूठाराघात गरेका छन् । नेपालमा संवैधानिक निकायका रूपमा रहेका राजनीतिक दल र नेपाल र भारत दुबै सरकारले आतङ्ककारी घोषणा गरेको माओवादी बीच त्यो सम्झौता भारतले गराएको थियो । 'भारतमा' होइन भारत सरकारको प्रत्यक्ष संलग्नतामा सो सम्झौता गराइएको थियो ।
By Maila Baje – Then there’s the fact that the treaty was signed by a coalition government led by the Nepali Congress’ Sher Bahadur Deuba. The Rastriya Prajatantra Party ministers in that government are today leaders of a royalist party that, at least theoretically, stands in opposition to the existing polity. The third partner, Nepal Sadbhavana Party, has splintered into regional outfits that are still in an interminable fusion-fission process to assume a national identity.
By Bindesh Dahal — Knowing that India has “lost” almost all its neighbours due to Narendra Modi government’s continuous blunders, this may be one of the tactics to bring the neighbours into the fold by pointing fingers at the dragon’s intentions. Sadly for India, Nepali people could not be fooled with these shenanigans. One can surmise the southern neighbour’s hand in publication of this story as almost all Indian media outlets gave space to it and excoriated PM KP Sharma Oli for “gifting Nepali territory to the Chinese”.
दीपक गजुरेल, सहप्राध्यापक, त्रिभूवन विश्वविद्यालय — यसै भएन उसै भएन - यसै पनि नेपाल बाहिरी शक्तिहरूको भिडन्त स्थल बनेकै छ । हामीले रोक्न सक्ने स्थिति र हैसियत पनि छैन । त्यसैले, जसलाई जे मन लाग्छ गर नेपालमा बसेर भन्ने नीति किन नलिने नेपालले ? 'चीन विरूद्ध जे गर्नुछ गर' भनेर औपचारिक घोषणा गर्नै पर्दैन । अनौपचारिक रूपमा, पर्दा पछाडिबाट काम गर्ने वातावरण बनाइदिए पुग्छ ती शक्तिहरूलाई । अलिअलि त गर्दैछन् हाम्रा दलहरू विक्रमको २०५८ पछि ! 'कमाइ' पनि नराम्रो छैन यस 'स्रोत' प्रयोग गर्नेहरूको ! बेइजिङ्गको भूराजनीतिक स्वार्थ अनुरूप चीनलाई सार्कमा पर्यवेक्षकका रूपमा ल्याउन कुन तहको 'जिम्न्याष्टिक' गरे राजा ज्ञानेन्द्रले, अनि कति ठूलो जोखिम उठाए ? परिणाम, आफ्नो स्वार्थ पूरा भए पछि चीनले राजा ज्ञानेन्द्रलाई कसरी पछारिदियो भन्ने बुझ्न ठूलो रणनीतिक विश्लेषक बन्नै पर्दैन ।
केशवप्रसाद भट्टराई — मूख्य सवाल एमसिसी खारेजी, भारतसँगको सम्वन्धमा तनाव र सत्तारूढ दल र सरकारको चीनसँगको बढ्दो रणनीतिक घनिष्टताको दवाव नेपालले धान्न सक्छ ? भन्ने हो । वर्तमान राजनीतिक व्यवस्था र यसका मूख्य राजनीतिक चरित्रको विखण्डनको क्रमलाई पनि द्रुतगतिमा अघि बढाइरहेकोले, यो व्यवस्था र वर्तमान राजनीतिक नेतृत्वको शीघ्र अन्त्यको लागि पनि कतै जानी नजानी यस्तो झूठ, भ्रम, घृणाको राजनीतिक र रणनीतिक व्यापार चलाइएको त होइन ?
शेखर ढुंगेल — धोती र टोपीलाई अलग्याउने, फुटाउने, लडाउने, जनजाति, दलितका नाममा नागरिकलाई लडाउने, फुटाउने र देशलाई दूरगामी नकारात्मक प्रभाव पार्ने दूषित राजनीति भित्र्याइएको छ । नेपाललाई दुई छिमेकी राष्ट्र विरूद्ध खेल मैदान बनाइएको छ । एउटालाई उचाल्ने अर्कोलाई बदनाम गर्ने जस्तो र दल विशेषको अजेण्डा जस्तो विदेश नीति सञ्चालन गरिएको छ ।
युवराज घिमिरे
By Yubaraj Ghimire — Why did China’s clout increase to this level when India apparently calculated that the monarchy’s exit will increase its own influence on Nepal? And does India have any institutional allies left in Nepal? When India openly took the lead role in transforming Nepal into a secular republic from a Hindu kingdom, it set off events leading to India losing its clout and allies in Nepal. Although political parties backed by India in the 2005-06 movement continue to be in power in Nepal, they have visibly become more and more distant from New Delhi. The Maoists, who are now part of the ruling NCP headed jointly by Oli and Prachanda, are no longer under Indian influence.
युवराज घिमिरे, वरिष्ठ पत्रकार — यथार्थवादी, भूराजनीतिक आधारमा वरिष्ठ पत्रकार घिमिरेले गर्नु भएको विश्लेषण यो करीब २८ मिनेटको भिडियोमा हेर्न र सुन्न सकिन्छ : • २०६२-६३ को राजनीतिक परिवर्तन पछि नेताहरूले नेपाल राष्ट्रलाई कमजोर पारे । • कूटनीतिक रूपमा हामीलाई यति कमजोर बनाए यिनीहरूले कि विदेशीको निर्देशनमा चल्नु पर्ने स्थिति सृजना गरे । • विगत् एक डेढ दशक यता नेपालको आन्तरिक सार्वभौमसत्ता कमजोर भयो । • भारत, अमेरिका, यूरोपेली यूनियन जस्ताको स्वार्थमा, उनीहरूले अह्राए अनुसार नेपाली नेताहरूले नेपाललाई गणतन्त्र, धर्म निरपेक्षता, संघीयतामा लगे । • राजनीतिक दल र नेताहरूको यो चरित्रलाई 'जति बेला पनि खरिद गर्न सकिने' रूपमा स्थापित गरिदियो उनीहरूकै कार्य शैलीका कारण । • अरू विदेशीले नेपाली नेताहरूलाई किनेर चलाउन सक्छन् भने अब चीनले पनि यिनीहरूलाई सञ्चालन गर्नु पर्छ भनेर चीनका शासक अझ बढी सशक्त रूपमा नेपालको राजनीतिमा प्रवेश गरे । • र, त्यसै अनुसार विदेशी शक्तिहरूले यिनीहरूलाई आफ्नो स्वार्थ अनुरूप प्रयोग गरे । • परिणाम स्वरूप नेपाल विदेशीहरूको खेल मैदान बन्यो । • हाम्रो गौरवपूर्ण इतिहास, हाम्रा पुर्खाले स्थापित गरेको बलियो सार्वभौमसत्ता पुन: स्थापित गरेर मात्र नेपालले आफ्नो प्रतिष्ठा फिर्ता ल्याउन सकिन्छ । • यसका लागि नेताहरूले विगत्‍मा गरेका गल्तिहरू स्वीकार गर्नु जरूरी छ । ती गल्ति सच्याएर अघि बढे मात्र मुलुकलाई सही दिशामा अगाडि बढाउन सकिन्छ ।
बन्दबन्दीको सदुपयोग : सृजनशील छन् रत्नराज्य कलेजका यी विद्यार्थी नेपाल पोलिटीमा कुराकानी सहभागिता : राहुल श्रेष्ठ पूजा पौडेल गिरी निर्मल तिमल्सिना प्रस्तुति : दीपक गजुरेल
चुना थापा — जीवन लथालिङ्ग पार्योम यो बन्दाबन्दीले । महिलाको काँधमा यति मात्र जिम्मेवारी छैन । बालबच्चाको हेरबिचार देखि घर परिवारका अन्य सदस्यहरू सम्मको हेरचाह गर्नु पर्ने दायित्व हुन्छ महिलाका जिम्मेवारीमा । महिलाहरू धेरै खाले समस्यामा पनि परेका छन् । खुसी सँगै उनीहरूका लागि दुःख पनि सिर्जना भएका छन् । कार्यालय जान नपाउनुले आर्थिक समस्या परेको छ । आय आर्जनमा नकारात्मक असर परेको छ । यसको फलस्वरूप, महिलालाई चिन्ता छ, मनोवैज्ञानिक असर परेको छ ।