दीपक गजुरेल

दीपक गजुरेल
राजनीतिशास्त्री, त्रिभूवन विश्वविद्यालय

राजनीतिशास्त्री, त्रिभूवन विश्वविद्यालय

नागरिकता ऐन संशोधन गर्न सरकारले अध्यादेश ल्यायो ।

यस विषयमा उठेका अनेक चिन्ता के हो ?

यो अध्यादेश किन ?

संविधान अनुसार आएको नागरिकता अध्यादेशको विरोध किन ?

नागरिकताका विषयमा संविधानले कस्तो व्यवस्था गरेको छ ?

कुन खारेज गर्ने ?

संविधान कि नागरिकता ऐन संशोधन गर्न ल्याइएको अध्यादेश ?

यिनै प्रश्नमा केन्द्रित भएर राजनीतिशास्त्री, त्रिभूवन विश्वविद्यालयका सहप्राध्यापक दीपक गजुरेलले Twitter Space मा यथार्थवादी दृष्टिकोणबाट विश्लेषण गर्नुभयो ।

भिडियो नदेखिने, आवाजमात्र सुनिने ट्वीटरको स्पेसमा गरिएको सो विश्लेषणात्मक प्रस्तुति अन्तर्क्रियात्मक थियो । स्पेसका श्रोताहरूले गर्नुभएका प्रश्नहरूको जवाफ राजनीतिशास्त्री गजुरेलले दिनुभएको थियो ।

ट्वीटर स्पेसमा कार्यक्रम सञ्चलन तेजेन्द्र जिसीले गर्नुभएको थियो भने संयोजन प्रभात अधिकारीले गर्नुभएको थियो ।

सो अन्तर्क्रियात्मक कार्यक्रममा उठाइएका मुख्य बुँदा :

  • यो संशोधनले विदेशीलाई सजिलै नागरिकता दिने चिन्ता व्यक्त भैराखेको छ ।
  • विदेशी, खास गरी भारतीयहरूलाई नेपाली नागरिकताको प्रमाणपत्र दिएर नेपालको राष्ट्रियता माथि आघात पार्ने षडयन्त्र यो विधेयकले मात्र गरेको होइन ।
  • २०७२ को संविधानले नै विदेशीलाई नेपाली नागरिकता दिने व्यवस्था गरेको छ ।
  • यही संवैधानिक प्रावधानलाई कार्यान्वयन गर्नका लागि नागरिकता ऐन संशोधन गर्न लागिएको हो ।
  • त्यसैले, यो अध्यादेश वा ऐन मात्र होइन, यो संविधान नै राष्ट्रघाती छ ।
  • राष्ट्र जोगाउने हो भने यो संविधान सकेसम्म छिट्टो खारेज गर्नु जरूरी छ ।

269 Total Views 4 Views Today