पहिलो संविधानसभाबाट एमाओवादीसहित मधेसकेनिद्रत दल र दोस्रो संविधानसभाबाट कांग्रेस एमाले सबै दल असफल साबित भएका छन्।

अर्जुन ज्ञवाली

arjun_gyawaliविगतको विघटित दुई वर्ष म्याद थपेर चार वर्ष पुर्‍याएको संविधानसभा मात्र होइन, यो संविधानसभाको विघटन पनि अनिवार्य नियति हो। माघ ८ त रिहर्सल मात्र थियो। पछिल्लो चरणमा ०४६ को संयुक्त जनआन्दोलनद्वारा स्थापित संसदीय प्रजातन्त्र किन असफल भयो? 

यसको कडीमा नपुगी कथित लोकतन्त्र या प्रजातन्त्रको रटानको कुनै औचित्य रहँदैन। खासगरी नेपाली कांग्रेसको सत्ता स्थापनासँगै कम्तीमा पनि पुँजीवादी समाजवादी कारण हुनुपर्ने नेपालको अर्थतन्त्र बहुराष्ट्रिय कम्पनीका राजनीतिक एजेन्ट घुसाएर साम्राज्यवादीकरण गरियो। 

त्यसलाई रोक्न सशक्त प्रतिपक्षको भूमिकामा रहेको नेकपा एमालेले भूमिका निभाउनुपर्नेमा एमालेको एनजीओकरण गरियो। निम्नतम राष्ट्रिय स्वाधीनताका पक्षघरलाई ध्रुवीकरण गराउँदै संयुक्त मोर्चाको अभ्यास मदन भण्डारीले अगाडि सारेपछि देशीविदेशी षड्यन्त्रमा उनको हत्या गरियो। 

एउटा निश्चित योजना गृहयुद्धको स्थायी वीजारोपण, जातीय द्वन्द्वका लागि माओवादी युद्धको उत्थान दरबार हत्याकाण्डका माध्यमबाट त्यसको विर्सजन र शान्ति प्रक्रियाका बहानामा नेपाली समाजको खण्डीकरण जस्ता घटना चीनकेन्द्रित ट्रान्जिट प्वाइन्टका रूपमा नेपालको भूराजनीतिलाई उपयोग गर्ने दीर्घकालीन रणनीतिअन्तर्गत भइरहेको छ। 

यी भारतको ब्यानरमा पश्चिमा शक्ति संलग्न भएर गराइएका साझा रणनीतिमा आधारित घटना हुन्। चीनलाई आन्तरिक द्वन्द्वमा नफसाएसम्म एसियाली बजार कब्जा गर्न सम्भव छैन। यो रणनीति कार्यान्वयन गर्न नेपाल उपयुक्त भूमि बन्न गएको छ। 

पश्चिमाले भारतीय ब्यानरमा नेपालभित्र गरिरहेको हस्तक्षेपका पछाडि निश्चित उद्देश्य छन्। योमध्ये पहिलो सेनालाई आफ्नो अनुकूल पकडमा राख्नु। त्यसका लागि दरबार हत्याकाण्ड गराइयो।

पश्चिमाले भारतीय ब्यानरमा नेपालभित्र गरिरहेको हस्तक्षेपका पछाडि निश्चित उद्देश्य छन्। योमध्ये पहिलो सेनालाई आफ्नो अनुकूल पकडमा राख्नु। त्यसका लागि दरबार हत्याकाण्ड गराइयो। 

यो योजनासँग असहमति राख्ने राजा वीरेन्द्रको हत्यापछि सेनाभित्र माओवादी आवरणमा देशभक्तलाई किनारा लगाइयो, हत्या गराइयो र पकडमा राखियो। गिरिजाप्रसादमार्फत गणेशमान र किसुनजीको राजनीतिक हत्या गर्दै सीआईएका एजेन्डाको कब्जामा कांग्रेस पुर्याइयो। 

दोस्रो क्रान्तिकारी आवरणमा नेपालको प्रगतिशील राष्ट्रवादी आन्दोलन र चिन्तनधाराको साम्राज्यवादीकरण गर्नु दीर्घकालीन प्रकृतिको गृहयुद्धको चक्र सुरु गर्नु। 

त्यसका लागि पहिलो चरणमा एमाले एनजीओकरण गर्दै दोस्रो चरणमा माओवादी युद्ध र तेस्रो चरणमा जातिवादी द्वन्द्वको उठान गराउने प्रयत्न भइरहेको छ। राष्ट्रिय पार्टीबाट जातिवादी नेतृत्वलाई बाहिर ल्याउन दीर्घकालीन आधार निर्माण गर्ने उद्देश्य केन्द्रित छ। 

सन् १९९० को सोभियत संघको विघटनको आधा दशक नबित्दै पश्चिमा पुँजीवादी अर्थतन्त्रभित्र विकराल संकट देखापर्दै गइरहेको छ। चीनलगायत विश्वका केही मुलुक महाशक्तिका रूपमा उदाइरहेका बेला पश्चिमी अर्थतन्त्रमा उत्पन्न संकट बजार प्र्रतिस्थापनको अर्थशास्त्रीय नियमबाट मात्र समाधान सम्भव थिएन। 

यो आर्थिक संकटको चक्रबाट पार लगाउन पश्चिमाहरूले एरियाकेन्द्रित अभियान युरोपियन, ब्रिटिससँगै फ्युजन गराएर अमेरिकी रणनीतिक उद्देश्य पूरा गर्ने उद्देश्यद्वारा अगाडि आइरहेको छ। 

मुलुकका सबै प्रमुख राजनीतिक दल असफल सावित भइसकेकाले गणतन्त्र नेपालको संविधान पनि अब आउँदैन।

तीमध्ये एउटा कमजोर देशभित्र रहेका प्राकृतिक स्रोतसाधनहरू कब्जा गर्ने र अर्को संसारको एकतिहाई जनसंख्या रहेको चीन र भारतबीच अन्तर्विरोध सिर्जना गर्दै साना राष्ट्रलाई आधार बनाएर चीनलाई घेर्ने। 

पहिलो रणनीतिक उद्देशयअन्तर्गत मध्यपूर्वको तेलभण्डारलाई केन्द्रित गर्दै इराकमाथि हमला गरेर नियन्त्रण गर्‍यो। यही रणनीतिअन्तर्गत लिबिया, इरान, सिरियालगायतका देशहरूमा अन्तद्वन्द्व सिर्जना गर्ने प्रयत्न भइरहेको छ।

पश्चिमाहरूको बजारको ठूलो हिस्सा चीनले लिइरहेको अवस्थामा चीनलाई घेराबन्दी नगरी आफ्नो बजार सुरक्षित नरहने कुरो अमेरिकी गठबन्धनको मुख्य चिन्ता हो। 

जसरी यसभन्दा पूर्व सोभियत संघलाई वरिपरि घेराबन्दी गरिएको थियो त्यसरी नै चीनको घेराबन्दी गर्ने कदमका रूपमा पश्चिमाहरूले सर्वप्रथम पूर्व सोभियत संघबाट अलग्गिएका चीनका पश्चिमी छिमेकी मुस्लिम गणराज्यहरूमध्ये केहीलाई नेटो सैनिक गठबन्धनमा सामेल गरायो। 

त्यसपछि मध्य एसियाई अफगानिस्तानमाथि आक्रमण गर्‍यो। सन् २००९ मा दक्षिण एसियामा भारतसँग आणविक सम्झौता गरेर आफ्नो घुरीमा तान्यो। यता चीनले ब्रिक्समार्फत भारत, दक्षिण अफ्रिका, ब्राजिल, चीन, रूससम्मिलित नयाँ ध्रुव निर्माण गर्‍यो आर्थिक नीतिलाई केन्द्रित गरेर। 

यसबाट अतालिएपछि पश्चिमी शक्तिले पूर्वीएसियाको बाधाको रूपमा रहेको उत्तरकोरियामाथि हस्तक्षेप गर्न जापान र दक्षिण कोरिया प्रयोग गर्ने प्रयत्न जस्तै स्वतन्त्र तिब्बत संघर्षका निमित नेपाललाई प्रयोग गर्ने प्रयत्न भइरहेको छ त्यो पनि माओवादको आवरणमा सैन्य गठबन्धनका साथ, जुन खतरनाक छ नेपालको स्थिरता स्वाधीनता र प्रजातन्त्रका लागि। 

तिब्बतको राजधानी ल्हासासँग सबैभन्दा छोटो दूरीमा रहेको र तिब्बतीहरू आवतजावत गर्ने सबैभन्दा सुविधा नाकाहरू भएको बाह्य भूमि नेपाल हो। यसकारण तिब्बतकेन्द्रित पश्चिमा गतिविधि नेपालकेन्द्रित साम्राज्यवादको प्राथमिक केन्द्र बन्न पुगेको छ। 

राष्ट्रिय स्तरका राजनीतिक शक्तिहरूले आफ्नो स्वतन्त्र अस्तित्व गुमाउँदै सामुदायिक प्रकृतिका मोर्चामा परिणत हुँदै गइरहेका छन्।

यो बाह्य शक्ति संघर्षमा नेपालको अवस्था लामो समयदेखि कायम रहेको देशको केन्द्रवादी शक्ति सन्तुलन अब बहुकेन्द्रवादी शक्ति सन्तुलनमा फेरिएको छ। 

राष्ट्रिय स्तरका राजनीतिक शक्तिहरूले आफ्नो स्वतन्त्र अस्तित्व गुमाउँदै सामुदायिक प्रकृतिका मोर्चामा परिणत हुँदै गइरहेका छन्। बाह्रबुँदे सम्झौता र कथित शान्ति प्रक्रियापछि नेपालको राज्य प्रणालीमा बाह्य शक्ति केन्द्र प्रत्यक्ष प्रवेश गरेको छ। 

अमेरिकी नेतृत्वमा पश्चिमा शक्तिहरूको उपस्थिति नवऔपनिवेशिक रूपमा प्रत्यक्ष सतहमा आएको छ। यसले गर्दा तिब्बतको सुरक्षाका कारण नेपालको राजनीतिमा चीनको प्रवेश महत्त्वपूर्ण आयाम बन्न पुगेको छ। 

यद्यपि चीनलाई हेर्ने दृष्टिकोणमा पश्चिमा शक्ति र भारतबीच केही साझा दृष्टिकोण छन् भने चीन र भारतका पनि साझा दृष्टिकोण छन्। अनमिनको बहिर्गमन चीन-भारत साझा दृष्टिकोणको परिणाम हो भने प्रधानन्यायाधीश नेतृत्वको सरकार निर्माण भारत र पश्चिमाहरूको साझा दृष्टिकोण हो। 

विश्वका शक्तिसम्पन्न राष्ट्रहरूको रणनीतिक स्वार्थसँग सीधारूपमा जोडिएका कारण यहाँको राजनीति इजरायल र अफगानिस्तान जस्तै बनेको छ। 

विश्वका शक्तिसम्पन्न राष्ट्रहरूको रणनीतिक स्वार्थसँग सीधारूपमा जोडिएका कारण यहाँको राजनीति इजरायल र अफगानिस्तान जस्तै बनेको छ।

अन्तर्राष्ट्रिय शक्ति केन्द्रबीचको संघर्षको केन्द्रविन्दुका रूपमा विकसित एसियालाई लक्षित गरी नेपालको भूराजनीति उपयोग गर्ने उद्देश्यले पश्चिमाहरूले बढाएको गतिविधिलाई यहाँ विकास हुँदै गएको विशिष्ट राजनीतिक परिस्थिति बाहिर देखिएभन्दा कैयन् गुणा बढी गम्भीर छ। २०५८ साल जेठ १९ को अकल्पनीय राजदरबार हत्याकाण्ड त्यसैको प्रतिबिम्ब हो। 

कहाँसम्म भने त्यति ठूलो घटनामा मुलुकमा राष्ट्राध्यक्ष राजासहित सम्पूर्ण परिवारको हत्या हुँदा निर्वाचित संसद्ले समवेदनासमेत प्रकट नगर्नु र सेनाका प्रधानसेनापतिले सुरक्षा जिम्मा हाम्रो होइन भन्नु एकै सिक्काका फरक पाटा हुन्।

गिरिजाप्रसाद, प्र्रज्ज्वलशमशेर, माधव नेपाल, तारानाथ रानाभाट क्रमश: प्रधानमन्त्री, प्रधानसेनापति, प्रतिप्रक्षी दलका नेता र सभामुख षड्यन्त्रभित्रका सामूहिक पात्र हुन् भन्ने कुरा दरबार हत्याकाण्डमा संसद्मा समवेदनासमेत व्यक्त नगर्नुले पुष्टि गरेको छ। मदन भण्डारीको हत्या हुनुमा पनि एउटै केन्द्रको गठजोड रहेकोमा अब अल्मलिनुपर्ने अवस्था रहेन। 

नेपाली कांग्रेसले ०४७ को संविधानलाई संसारको उत्कृष्ट संविधान भनेर दीपावली गरेको थियो, उसैले पछि आगो लगाएर संविधान जलायो। गणेशमान र किसुनजीले छोडेको कांग्रेस यस्तो समूह हो, जसले नयाँ नेपालको संविधान दिन्छ भन्ने आशा राख्नु हुट्टियाउँले आकाश थाम्छ भन्ने कल्पना गर्नु जस्तै हो।

संसद् पुनस्र्थापनाबाट दरबारको विघटन, पहिलो संविधानसभा विघटनबाट माओवादीको विघटन र बहराष्ट्रिय कम्पनीका एजेन्टहरूको कब्जामा रहेको कांग्रेसको विघटन र अन्त्य दुनियाँका कुनै शक्तिले रोक्न सक्तैन। 

बाह्य शक्तिको चलखेलमा माओवादी र मधेसकेन्द्रित दललाई अगाडि सारेर दोस्रो संविधानसभाको पनि अवसान गराइयो। राज्यको शक्ति हातमा रहेको माघ ८ मा संविधान जारी गर्न राजनीतिक चातुर्य देखाउनु नसक्नु सरकारको प्रमुख घटक कांग्रेस र एमाले नेतृत्वको सरकारले गम्भीर त्रुटि हो। 

पहिलो संविधानसभाबाट एमाओवादीसहित मधेसकेनिद्रत दल र दोस्रो संविधानसभाबाट कांग्रेस-एमाले सबै दल असफल साबित भएका छन्। मुलुकका सबै प्रमुख राजनीतिक दल असफल सावित भइसकेकाले गणतन्त्र नेपालको संविधान पनि अब आउँदैन। 

अन्नपूर्ण पोष्ट दैनिकबाट

 

1475 Total Views 1 Views Today